२०८१ बैशाख १४ शुक्रबार

प्रदेश–१ को मुख्य न्यायाधिवक्तामा आचार्य नियुक्त

विराटनगर । प्रदेश नम्बर–१ को मुख्य न्यायाधिवक्ता पदमा गजेन्द्र आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

राजनीतिकशास्त्रमा स्नातकोत्तर आचार्यले ०७४ सालमा वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेका थिए । उनी झापा बार एसोसिएसनका पूर्वअध्यक्ष हुन् ।

उनले बुधबार पद तथा गोपनीयताको शपथ लिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

२०७९ माघ ११, बुधबार प्रकाशित 0 Minutes 323 Views

ताजा समाचार