२०८१ बैशाख १४ शुक्रबार

पूर्वी नाका काँकरभिट्टा आएर डीआइजी ज्ञवालीले भने, सीमामा हुने तस्करी नियन्त्रण गर्नुस

काँकरभिट्टा । प्रदेश १ का प्रहरी नायव महानिरीक्षक (डीआइजी) श्यामलाल ज्ञवाली पूर्वी नाका काँकरभिट्टाको निरीक्षण गरेका छन् । भर्खरै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएर आएका डीआइजी ज्ञवाली झापा जिल्लाको भ्रमण गर्दै पूर्वी नाका काँकरभिट्टाको निरीक्षण गरेका हुन् ।

सीमा भ्रमणको क्रममा डीआइजी ज्ञवालीले सीमा क्षेत्रबाट हुने चोरी निकासी र पैठारी नियन्त्रण एमव सीमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन मातहतका प्रहरी प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

डीआइजी ज्ञवाली भारतीय एसएसबीका कमान्डरसँग पनि भेटघाट गरेर सीमा सुरक्षाको अवस्थाको बारेमा बुझेका थिए ।डीआइजी ज्ञवालीसँगै प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका ज्ञानकुमार महतोको उपस्थिति थियो । त्यस्तै, डीआइजी ज्ञवालीले प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमण गरेका छन् । प्रहरी कार्यालयको भ्रमण पश्चात् उनले प्रहरी प्रमुख तथा कर्मचारीहरूलाई दैनिक काम कारबाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखीकरण गर्दै लैजाने र आआफ्नो जिम्मेवार क्षेत्रहरूमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण कार्यमा खट्न निर्देशनसमेत दिएका छन् ।

प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरशः पालना गरी प्रहरी आचरण र व्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न अनुरोध गर्दै उनले भने, ‘लागु औषधको प्रयोग र ओसारपसार नियन्त्रणमा कडाइका साथ चेकजाँचको व्यवस्था मिलाउने र आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी सङ्गठन र कार्यालयको गरिमा बढाउन निर्देशन दिए ।’

२०७९ माघ १०, मंगलवार प्रकाशित 0 Minutes 300 Views

ताजा समाचार