२०८१ बैशाख १३ बिहीबार

झापाका प्रमुख जिल्ला अधिकारी रिजाललाई सम्मानसहित विदाइ

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघसहित तीन दर्जन संघ–संस्थाले प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई सम्मानसहित विदाइ गरेका छन् । २०७८ पुस २८ गतेबाट झापाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारका रुपमा रहेका रिजालको भर्खरै तनहु जिल्लामा सरुवा भएको छ । उनको सरुवा भएसँगै उनले झापामा रहेको समयमा कोभिड नियन्त्रण स्थानीय तथा प्रदेश र संघीय निर्वाचनमा खेलेको भूमिकाको प्रशंसा गर्दैै सम्मानसहित विदाइ गरिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवम् सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमिया, प्रदेश अध्यक्ष टीकाराज ढकाल, जिल्लाका विभिन्न उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरी, दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश प्रसाईं लगायतले शुभकामना दिएका थिए । नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता खरेल विमलीले प्रमुख जिल्ला अधिकारी रिजालको सम्मानपत्र वाचन गरेको कार्यक्रमको अध्यक्षता बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले गरेका थिए । प्रमुख अतिथी ढकालले प्रजिअ रिजालले झापामा रहेका समयमा वाणिज्य संघ लगायतका संघ–संस्थासंग गरेको समन्व्यको प्रशंसा गरे ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघ, दमक उद्योग वाणिज्य संघ, मेची उद्योग वाणिज्य संघ, कन्काई उद्योग वाणिज्य संघ, बुद्धशान्ति उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, झापा गोल्डकप, एकका लागि एक अभियान, सहारा नेपाल, नेपाल औषधि व्यवसायी संघ ९झापा०, रोटरी क्लब बिर्तामोड, सुनचा“दी व्यवसायी संघ, झापा, संवाद समूह, नेपाल रेडक्रस सोसाइटी बिर्तामोड, मेची डिष्ट्रिव्यूटर्स एशोसिएसन बिर्तामोड, टायल्स तथा मार्वल व्यवसायी संघले सामुहिक रुपमा सम्मान गरेका हुन् ।

त्यस्तै लायन्स क्लब अफ बिर्तामोड सिटी, लायन्स क्लब अफ बिर्तामोड, सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र, अलैंची व्यवसायी महासंघ, मेची पेट्रोलियम डिलर्स एशोसिएशन, रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, राष्ट्रिय उपभोक्ता मञ्च झापा, महिला मुक्ति अभियान, एवीसी नेपाल, बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई योजना, अर्जुनधारा जलेश्वर धाम, नेपाल उद्यमशील महिला संघ झापा, चेम्बर अफ कमर्श झापा, वीरता जेसीज, बिर्तामोड, वीरता लेडी जेसीज, बिर्तामोड, छठ सेवा समिति, बिर्तामोड, निर्माण व्यवसायी संघ झापा, युनिकन नेपाल, गोर्खा फाउण्डेशन नेपालले प्रमुख जिल्ला अधिकारी रिजाललाई सम्मानसहित विदाइ गरेका हुन् ।

सम्मानपश्चात कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रिजालले झापामा रहँदा आफूले धेरै कुरा सिक्ने मौका पाएको र यहाँका संघ–संस्था, राजनीतिक दल, नागरिक समाज, पत्रकार लगायतले खेलेको भूमिकाको प्रशंसा गर्दै झापालाई कहिले बिर्सन नसक्ने उल्लेख गरे । बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव कुशल खतिवडाले गरेका थिए ।

२०७९ माघ ९, सोमबार प्रकाशित 0 Minutes 482 Views

ताजा समाचार