२०८१ असार ४ सोमबार

अदालतभित्र सिरोहियाको बयान, बाहिर धकेलाधकेल

काठमाडौं– नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको धनुषा जिल्ला अदालतमा बयान भइरहँदा बाहिर भने प्रदर्शन भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका सिरोहियालाई प्रहरीले बयान र समय थपका लागि केहीबेर अघि धनुषा अदालतमा पेस गरेको छ ।

जनकपुर वाणिज्य संघको नेतृत्वमा भएको प्रदर्शनमा प्रदर्शनकारीले सिरोहियाको रिहाइको माग गर्दै ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी सिरोहियालाई रिहा गर’ जस्ता नारा लगाएका छन् ।

प्रदर्शनमा उद्योगी, व्यवसायी, नेपाल तरुण दल, नेविसंघलगायत सहभागी छन् । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो । खबरहब

२०८१ जेष्ठ ९, बुधबार प्रकाशित 0 Minutes 110 Views

ताजा समाचार