काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। सुनको मूल्य आज हालसम्मकै उच्च भएको हो।
आज छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले बढेर एक लाख ४० हजार ९ सय रुपैयाँ पुगेको छ ।

शुक्रबार एक लाख ३९ हजार ३ सयमा कारोबार भएको थियो । त्यसअघि बिहीबार १ लाख ४० हजार रुपैयाँ पुगेर हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको थियो । शुक्रबार ७ सयले घटेको सुन आइतबार १६ सयले बढेर नयाँ रेकर्ड राखेको हो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



