२०८१ असार ४ सोमबार

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भैइरहेको छ । 

यसअघि बिहीबार सुन तोलामा १ लाख ४० हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३००  रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा १८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

२०८१ जेष्ठ ४, शुक्रबार प्रकाशित 0 Minutes 122 Views

ताजा समाचार