२०८३ जेष्ठ २१ बिहीबार

सुनको मूल्यले बनायो रेकर्ड, चाँदी तोलाकै १८ सय ५ रुपैयाँ

काठमाडौं । बिहीबार सुनको मूल्यले रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा १ हजार ६ सय रूपैयाँले बढेर १ लाख ४० हजार रूपैयाँ कायम भएको छ ।

जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि वैशाख ९ गते सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३ सय रूपैयाँ पुगेको थियो ।

तेजाबी सुन तोलाको १ लाख ३९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, बिहीबार चाँदीको मूल्य तोलामा ६० रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

२०८१ जेष्ठ ३, बिहीबार प्रकाशित 0 Minutes 341 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।