२०८१ जेष्ठ ७ सोमबार

बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला, अनुसन्धानका लागि कुकुरसहितको टोली मगाइयो

झापाको बिर्तामोडमा एक वृद्धा महिला मृत अवस्थामा फेला परेको छ । घटना शङ्कास्पद देखिएकोले सुनसरीको धरानबाट कुकुरसहितको टोली मगाइएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए ।

बिर्तामोड नगरपालिका–४ निवासी ६८ वर्षीया विष्णुमाया विष्ट बुधबार बिहान घरभित्रै मृत फेला परेको हो । एसपी केसी आफै घटनास्थल पुगेका छन् । ‘प्रहरीले घटनास्थललाई सुरक्षित राखेको छ,’ एसपी केसीले भने, ‘घटना शङ्कास्पद देखिएको हो, अहिले नै हत्या भएको वा नभएको भन्ने अवस्था छैन ।’

कुकुर आएपछि घटना बारेमा थप कुरा बाहिर आउने उनको भनाई छ ।

यता स्थानीयका अनुसार गएराती गाउँमा चोर आएको थियो । गाउँलेले चोर आएको थाहा पाएपछि लखेटेका थिए । त्यही चोरले एक्लै बस्दै आएकी वृद्धालाई मारेको हो कि भन्ने आशङ्का स्थानीयले गरेका छन् ।

२०८१ बैशाख २६, बुधबार प्रकाशित 0 Minutes 215 Views

ताजा समाचार