२०८१ जेष्ठ ६ आईतवार

झापाको अर्जुनधारामा चट्याङ लागेर एक जनाको मृत्यु

झापा । झापाको अर्जुनधारामा पानीसँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका २ चौरासे निवासी अन्दाजी ५४ वर्षीय मोहनप्रसाद दुलाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रहरीका अनुसार मंगलबार दिउँसो ४ः५० मिनेटमा घर नजिकै मकैबारीमा मल लगाउँदै गरेको अवस्थामा चट्याङ पर्दा दुलालको छाती तथा पेटको भागमा लागेको थियो । घाइते भएको उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा ६:२० मिनेटमा मृत्यु भएको डीएसपी चन्दले बताए ।

२०८१ बैशाख २५, मंगलवार प्रकाशित 0 Minutes 117 Views

ताजा समाचार