२०८३ जेष्ठ २१ बिहीबार

कांग्रेसको प्रश्न– गृहमन्त्री देशको संविधानभन्दा माथि हो ?

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने देशको संविधानभन्दा माथि हो भन्दै प्रश्न गरेको छ ।

मंगलबार सिंहदरबारमा सभामुख र प्रमुख दलका शीर्ष नेताबीचको छलफलपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारीको बचत अपचलन प्रकरणमा लामिछानेमाथि प्रश्न उठाइएपश्चात् संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरिएको बताए ।

“गृहमन्त्रीजीलाई शंकाको सुविधा दिएका छौँ । राजीनामा मागेका छैनौँ,” उनले भने, “प्रश्न उठेपछि छानबिन हुनुपर्छ । सरकारले संसदीय छानबिन समिति बनाउँछ भन्नेमा विश्वास छ ।”

रास्वपा संसदीय दलको मंगलबारै बसेको बैठकले सहकारी ठगी प्रकरणमा व्यक्तिकेन्द्रित छानिबन समिति मान्य नहुने निर्णय गरेको थियो । सोही विषयमा लेखकले भने, “कोही मानिस संविधान, देशको कानुनभन्दा माथि छ ?”

समग्रमा सहकारीमा भएको अपचलन, ठगी, दुरुपयोगको अनुसन्धान गर्नु हुँदैन भन्ने आफूहरूको धारणा नरहेको लेखकले बताए । तर, व्यक्तिमाथि प्रश्न उठाइएपछि त्यसको छानबिन गरिनुपर्ने उनले बताए । बाह्रखरी

२०८१ बैशाख २५, मंगलवार प्रकाशित 0 Minutes 309 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।