२०८१ जेष्ठ ६ आईतवार

कुन आँखा फरफराउँदा के हुन्छ ?

शुभ–अशुभ घटना हुन अगावै केही संकेतले यसको लक्षण देखाउने धार्मिक मान्यता छ । यी संकेत कैयौँ प्रकारले प्राप्त हुन सक्छ । अङ्ग फरफराउनु, केही खास सपना देख्नु पनि पर्दछ ।  ज्योतिष शास्त्रमा आँखा फरफराउँदा हुने केही संकेतका बारेमा चर्चा गरिएको छ ।

आँखा फरफराउँदा महिला र पुरुष दुबैमा अलग अलग अर्थ हुने गर्दछ । पुरुषको दाँया आँखाको माथिल्लो भाग फरफराउँदा लाभको संकेत मानिन्छ । साथै धन लाभ हुने संभावना हुने ज्योतिषको मान्यता छ । तर आँखाको मुनीको भाग फरफराएमा यसले अशुभ घटनाको संकेत गर्ने मान्यता छ ।

महिलामा भने दाँया आँखा फरफराउनु अशुभ मानिन्छ । महिलाका लागि बायाँ आँखा फरफराउँदा शुभ घटनाको पूर्व सूचना मानिनछ । तर पुरुषको बायाँ आँखा फरफराएमा उनीहरूको मानमा हानी हुने संकेत मानिन्छ । महिलामा भने यसले सफलता संकेत गर्दछ ।

यदि दुवै आँखा एकसाथ फरफराएमा पुराना टाढिएका मित्रसँग भेट हुने संकेत मानिन्छ । यो संकेत महिला–पुरुष दुबैमा समान हुन्छ ।

२०८१ बैशाख २५, मंगलवार प्रकाशित 0 Minutes 97 Views

ताजा समाचार