झापामा करेन्ट लागेर १८ महिने बालकको मृत्यु

झापाको शिवसताक्षीमा करेन्ट लागेर १८ महिनाको बालकको मृत्यु भएको छ।   शिवसताक्षी नगरपालिका ७ का सुनिल राजवंशीको १८ महिनाका छोराको मृत्यु भएको हो। सोमबार दिउँसो खेल्ने क्रममा चलिरहेको पानी तान्ने मोटर छुँदा करेन्ट लागेर गम्भीर उनी घाइते भएका थिए।

बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचारका लागि पुर्‍याउँदा चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको  जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए। शव निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको उनले बताए।

२०८१ बैशाख २५, मंगलवार प्रकाशित 0 Minutes 368 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

https://www.cotillon-de-fete.fr/