२०८३ जेष्ठ २९ शुक्रबार

आज नवौँ राष्ट्रिय पत्रकारिता दिवस

काठमाडौं । नवौँ राष्ट्रिय पत्रकारिता दिवस, गोरखापत्र प्रकाशन प्रारम्भ भएको दिनको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि सं. १९५८ वैशाख २४ गते साप्ताहिकरूपमा गोरखापत्रको प्रकाशन शुरु भएको थियो ।

गोरखापत्र प्रकाशनको १२४ वर्ष लागेको छ । सरकारीस्तरबाट अखबार प्रकाशन शुरु भएको दिनको अवसर पारेर सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो।

दिवसको अवसरमा सञ्चार मन्त्रालय तथा गोरखापत्र संस्थानले विभिन्न कार्यक्रम आयोजना गरेका छन्। गोरखापत्रले आफ्ना पत्रकार तथा कर्मचारीलाई पुरस्कृत गर्दैछ। राणा शासनकालमा श्री ३ देवशमशेरले देश दुनियाका खबरद्वारा जनतालार्ई ससूचित गराउने उद्देश्य राखेर स्थापना गराएको गोरखापत्र  २०१७ साल फागुन ७ गतेदेखि दैनिक प्रकाशन हुँदै आएको छ।

पछि गोरखापत्र संस्थानबाट विसं. २०२२ देखि अंग्रेजी दैनिक दि राइजिङ नेपाल, २०२५ देखि साहित्यिक मासिक मधुपर्क, २०४५ सालमा युवामञ्च र २०४७ मा मुना मासिक प्रकाशित हुँदै आएका छन्।

२०८१ बैशाख २४, सोमबार प्रकाशित 0 Minutes 269 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।