२०८१ जेष्ठ ५ शनिबार

फेसबुक ह्याक होला है !

बैतडी । मेलौली–३ का सुरेश सेरालाको मोबाइलमा शनिबार बिहान म्यासेज आयो । चिनजानकै व्यक्तिबाट आएको म्यासेजमा लेखिएको थियो, ‘भाइ तिमीलाई ओटीपी कोड आएको होला मलाई पठाइदेऊ ।’ चिनजानकै व्यक्तिको अनुरोध स्वीकार गर्दै सेरालाले ओटीपी कोड पठाइदिए । केहीबेरमै फेसबुक चल्नै छाड्यो ।

त्यसपछि सेरालाको फेसबुकबाट साथीहरूलाई पैसा माग्ने म्यासेज जान थाल्यो । सेरालाका दुई साथीले तत्कालै २०–२० हजार रकम पठाइदिए । ह्याकरले माग गरेको रकम पठाउने व्याक्ति बैतडी पुर्चौडीका तुलाधर पन्त र एकजना अर्का रहेका छन् ।

सो रकम कोहलपुर नगरपालिकाका आयुर्वेद शाखामा कार्यरत गौरी शंकर मण्डल नामको ई–सेवा आइडी (९८४८०३३८६४) मा जम्मा भएको देखिन्छ । सेरालाले सत्यतथ्य जाँच गरी दोषीउपर कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीमा निवेदन दिएका छन् ।

यता पैसा जम्मा भएको भनिएका मण्डल भने आफैं पीडित भएको बताउँछन् । उनी आफ्नो फेसबुक, ह् वाटसप र ई–सेवा आइडी ह्याक भएको भन्दै इलाका प्रहरी कार्यालयमा पुगेको बताउँछन् । आफ्नो ई–सेवामा रकम नआएको उनको दाबी छ ।

मण्डलले पनि आफ्नो फेसबुक ह्याक गर्ने व्यक्तिले आफ्ना साथीबाट समेत पैसा मागिरहेको बताएका छन् । यस विषयमा प्रहरीले सत्यतथ्य जाँचका लागि प्रक्रिया अघि बढाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले ह्याकरका विषयमा पत्ता लगाई कारबाहीको दायरामा ल्याउने जनाएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

२०८१ बैशाख २३, आईतवार प्रकाशित 0 Minutes 131 Views

ताजा समाचार