२०८१ जेष्ठ ५ शनिबार

किन गोलो छैन चन्द्रमा ? पढ्नुहोस् १० तथ्य

राति आकाशमा हेर्दा चन्द्रमा गोलो देखिन्छ । तर, के वास्तवमै चन्द्रमा गोलो छ त ?

कसैले हो भन्छ भने ऊ गलत छ । किनकि, हामीले पृथ्वीबाट हेर्दा गोलो देखिने चन्द्रमा वास्तवमा अण्डाकार छ । आउनोस्, आज चन्द्रमाको १० तथ्यबारे जानौँ ।

१. चन्द्रमा गोलो छैन 

पूर्णिमाको दिन चन्द्रमा गोलो देखिन्छ । यथार्थमा उपग्रहका रूपमा चन्द्रमा कुनै भकुण्डोजस्तो गोलो छैन । यो अण्डाकार छ ।

चन्द्रमातिर हेर्दा यसको केही हिस्सा मात्रै देखिन्छ । यसका साथै चन्द्रमाको भार पनि यसको ज्यामितीय केन्द्रमा छैन । यो आफ्नो ज्यामितीय केन्द्रबाट १ दशमलव २ माइल टाढा छ ।

२. चन्द्रमा कहिले पूरा देखिँदैन 

पृथ्वीबाट चन्द्रमाको बढीमा ५९ प्रतिशत भाग मात्र देख्न सकिन्छ । चन्द्रमाको ४१ प्रतिशत हिस्सा पृथ्वीबाट देखिँदैन ।
चन्द्रमाको ४१ प्रतिशत क्षेत्रमा पुगेर हेर्ने हो भने त्यहाँबाट पृथ्वी पनि देखिँदैन ।

३. ‘ब्लु मुन’ सँग चन्द्रमाको साइनो

चन्द्रमासँग जोडिएको ‘ब्लु मुन’ शब्द सन् १८८३ मा इण्डोनेसियाली द्वीप क्राकातोआमा भएको ज्वालामुखी विस्फोटसँगै प्रयोगमा आएको हो । यो पृथ्वीको इतिहासमा सबैभन्दा भीषण ज्वालामुखी विस्फोट थियो ।

यो विस्फोटको आवाज पश्चिमी अस्ट्रेलियास्थित शहर पर्थ, मोरिसससम्म सुनिएको थियो । विस्फोटपछि वायुमण्डलमा यसको राख यति धेरै फैलिएको थियो, त्यसकै कारण चन्द्रमा निलो देखिएको थियो । त्यसपछि नै यो टर्मको सुरुवात भएको मानिन्छ ।

४. चन्द्रमामा परमाणु हतियार प्रयोग गर्ने परियोजना

कुनै समय अमेरिकाले चन्द्रमा परमाणु हतियारको प्रयोग गर्ने कुरा सोचिरहेको थियो । यसको उद्देश्य सोभियत संघलाई अमेरिकी सैन्य शक्तिबारे अवगत गराउनु थियो ।

यो गोप्य परियोजनाको नाम ‘ए स्टडी अफ लुनर रिसर्च फ्लाइट्स’ र प्रोजेकट ‘ए११९’ थियो ।

५. चन्द्रमाका गहिरा खाल्डा 

चीनको एक प्राचीन धारणाअनुसार, ड्रागनले सूर्यलाई निल्दा सूर्यग्रहण लाग्छ । यसको प्रतिक्रियामा चिनियाँहरू सकेजति स्वर निकालेर चिच्याउँथे ।

उनीहरूको मान्यतामा चन्द्रमाको खाल्डोमा एउटा भ्यागुतो बस्छ । तर, चन्द्रमामा रहेको इम्प्याक्ट क्रेटर अर्थात गहिरो खाल्डो आजभन्दा ४ अर्ब वर्षपहिले आकाशीय पिण्ड बजारिएर बनेको हो ।

६. पृथ्वीको रफ्तार सुस्त गरिरहेको छ चन्द्रमाले 

चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक हुनुलाई पेरिग्री भनिन्छ । यस क्रममा ज्वार–भाटाको स्तर सामान्यभन्दा धेरै बढ्छ । यस बेला चन्द्रमाले पृथ्वीको घुम्ने शक्ति पनि कम गरिदिन्छ, जसकारण पृथ्वी हरेक एक शताब्दीमा १ दशमलव ५ मिलिसेकेण्ड सुस्त भइरहेको छ ।

७. चन्द्रमाको प्रकाश 

पूर्णिमाको चन्द्रमाको तुलनामा सूर्य १४ गुणा धेरै चम्किलो हुन्छ । पुरनमासीको एक चन्द्रमाबाट सूर्यबराबर प्रकाश निस्कन ३ लाख ९८ हजार १ सय १० चन्द्रमाको आवश्यकता पर्छ ।

चन्द्र ग्रहण लाग्दा चन्द्रमा पृथ्वीको छायामा आउँछ । यसबेला चन्द्रमाको सतहको तापमान ५ सय डिग्री फरेनहाइटसम्म झर्छ । यो प्रक्रियामा ९० मिनेटभन्दा कम समय लाग्छ ।

८. लियोनार्दो दा भिन्सीले पत्ता लगाएका थिए 

कहिलेकाहीँ चन्द्रमा एउटा रिङजस्तो देखिन्छ । यसलाई हामी अर्धचन्द्र वा बालचन्द्र पनि भन्छौँ । यस्तो अवस्थामा चन्द्रमा सूर्यजस्तै चम्किरहेको देखिन्छ । चन्द्रमाको बाँकी हिस्सा धेरै कम देखिन्छ । मौसम ठीकठाकै रहेको अवस्थामा मधुरो देखिन पनि सक्छ ।

ज्ञात इतिहासमा लियोनार्दो दा भिन्सी चन्द्रमा चाउरिएको वा फैलिएको नभएर यसको केही भाग हाम्रो नजरबाट ओझेलमा रहेको पत्ता लगाउने पहिलो व्यक्ति थिए ।

९. चन्द्रमाको क्रेटरको नाम कसले राख्छ ? 

इन्टरनेसनल एस्ट्रोनोमिकल युनिटले चन्द्रमाको खाल्डो मात्र होइन, कुनै पनि खगोलीय चीजको नामाकरण गर्छ । चन्द्रमाको क्रेटर्स (विस्फोटले बनेका खाल्डा) को नाम गनेमानेका वैज्ञानिक, कलाकार वा अन्वेषकको नाममा राखिन्छ ।

अपोलो क्रेटर र मेयर मस्कोभिन्स (मस्कोको समुन्द्र) नजिकैको क्रेटर्सको नाम अमेरिकी र रुसी अन्तरिक्षयात्रीको नाममा राखिएको हो ।

मेयर मस्कोभिन्सलाई चन्द्रमाको सागरीय क्षेत्र भनिन्छ । चन्द्रमाको बारेमा अझै पनि मान्छेले धेरै कुरा जान्न बाँकी नै छ । एरिजोनाको लोवेल अब्जर्भेट्री अफ फ्लेगस्टाफले सन् १९८८ मा चन्द्रमाको बारेमा सर्भेक्षण गरेको थियो । जसमा भाग लिएका १३ प्रतिशत सहभागीले चन्द्रमा पनिरले बनेको हुन सक्ने बताएका थिए ।

१०. चन्द्रमाको रहस्यमयी दक्षिणी ध्रुव

चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रलाई रहस्यमयी मानिन्छ । नासाका अनुसार, यस क्षेत्रमा गहिरो खाल्डाहरू प्रशस्त छन् । पर्वतहरू छन् । त्यहाँ सूर्यको प्रकाश अर्बौं वर्षदेखि पुगेको छैन । (बीबीसीको सहयोगमा)

२०८१ बैशाख २२, शनिबार प्रकाशित 0 Minutes 97 Views

ताजा समाचार