२०८१ जेष्ठ ५ शनिबार

बिर्तामोडमा बस दुर्घटना, २७ जना घाइते (नामावलीसहित)

झापा । झापाको बिर्तामोडमा बस दुर्घटना भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् ।  गौरीगञ्जबाट बिर्तामोडतर्फ वाइसिएलको कार्यक्रममा कार्यकर्ता बोकेर आउँदै गरेको को१ ख ३००९ नम्बरको बस अन्दाजी पौने २ बजे बिर्तामोड- २ स्थित चारपानेमा बाटो दक्षिणपट्टि पल्टिएको हो ।

दुर्घटनामा परेका घाइतेलाई उपचारका लागि बिर्ता सिटी हस्पिटल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोडको सिटी सेन्टरमा आज माओवादी केन्द्रनिकट वाइसिएलको छैटौँ जिल्ला अधिवेशन आयोजना गरिएको छ ।

घाइतेहरूको नामावली:

गौंरीगञ्ज गाउँपालिका वडा नम्बर-४ बस्ने वर्ष २४ को चमारु मालिको दुवै हातमा चोट अवस्था सामान्य ।

२) ऐ,ऐ,१ बस्ने वर्ष १९ को रवि कोच दुवै खुट्टामा चोट अवस्था सामान्य ।

३) ऐ,ऐ, बस्ने वर्ष २२ को अजय कोच बायाँ हातमा सामान्य चोट अवस्था सामान्य ।

४) ऐ,ऐ,२ बस्ने वर्ष २० को शंकर आस्था बाहिरी चोट नभएको सामान्य ।

५) ऐ,ऐ, बस्ने वर्ष २९ को प्रमोद ताजपुरीया बायाँ हातमा चोट सामान्य ।

६) ऐ,ऐ,१ बस्ने वर्ष २२ को भरत राजवंशी बाहिरी चोट नभएको सामान्य ।

७) ऐ,ऐ,२ बस्ने वर्ष २६ को मोहित कुमार ताजपुरीया बाहिरी चोट नभएको सामान्य ।

८) ऐ,ऐ,बस्ने वर्ष४७ को शिव मुर्मु  बाहिरी चोट नभएको सामान्य ।

९) ऐ,ऐ, बस्ने वर्ष २० को अशोक ताजपुरीया बाहिरी चोट नभएको सामान्य ।

१०) ऐ.ऐ. बस्ने वर्ष ३२ को गङ्गालाल राजवंशी टाउको दुखेको बाहिरी चोट नभएको सामान्य ।

११) ऐ.ऐ. बस्ने वर्ष ४० को सूर्य प्रसाद राजवंशी बाहिरी चोट नभएको सामान्य ।

१२) ऐ.ऐ.४ बस्ने वर्ष ४४ को रामेश्वर माली बाहिरी चोट नभएको सामान्य ।

१३) ऐ.ऐ.बस्ने वर्ष १४ को झलनाथ राजवंशी बाहिरी चोट नभएको सामान्य ।

१४) ऐ.ऐ. बस्ने वर्ष १८ को नरेश प्रसाद राजवंशी बाहिरी चोट नभएको सामान्य ।

१५) ऐ.ऐ.बस्ने वर्ष ३० की मेनुका राजवंशी बायाँ हातमा चोट अवस्था सामान्य ।

१६) ऐ.ऐ. ५बस्ने  वर्ष  २५ की सुनिता राजवंशी बाहिरी चोट नभएको सामान्य ।

१७) ऐ.ऐ. बस्ने वर्ष ३५ की सहुना राजवंशी बाहिरी चोट नभएको सामान्य ।

१८) ऐ.ऐ.३ बस्ने वर्ष ५६ को राजेन्द्र राई बाहिरी चोट नभएको सामान्य ।

१९) ऐ.ऐ.२ बस्ने वर्ष १४ को राहुल ताजपुरीया बाहिरी चोट नभएको सामान्य ।

२०) ऐ.ऐ.१ बस्ने वर्ष २४ को निर्मल राजवंशी दुवै हात खुट्टामा सामान्य चोट ।

२१) ऐ.ऐ.बस्ने वर्ष २० को खगेन्द्र राजवंशी बाहिरी चोट नभएको सामान्य ।

२२) ऐ.ऐ.२ बस्ने वर्ष २२ को अजय कुमार ताजपुरीया बायाँ खुट्टामा सामान्य चोट ।

२३) ऐ.ऐ.२ बस्ने वर्ष ४० को मिनिराज राई बायाँ हातमा चोट सामान्य ।

२४) ऐ.ऐ.२ बस्ने वर्ष ५५ को हंसिनारायण राजवंशी दुवै खुट्टामा चोट सामान्य  ।

२५) ऐ.ऐ.२ बस्ने वर्ष १९ को दीपक बास्के दाहिने हातमा चोट सामान्य ।

२६) ऐ.ऐ. बस्ने वर्ष ४४ को मोती नेपाल बायाँ हातमा सामान्य चोट

२७) ऐ.ऐ.बस्ने वर्ष ४४ को चक्र भुजेल बाहिरी चोट नभएको सामान्य ।

२०८१ बैशाख २२, शनिबार प्रकाशित 1 Minute 313 Views

ताजा समाचार