२०८१ जेष्ठ ६ आईतवार

प्रतितोला ११ सय रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ  । बिहीबार २ हजार रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार ११ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार  शुक्रबार छापावाला सुन १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार तेजाबी सुन १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन १ लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार प्रतितोला १ हजार ६४५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

२०८१ बैशाख २१, शुक्रबार प्रकाशित 0 Minutes 76 Views

ताजा समाचार