२०८३ जेष्ठ २९ शुक्रबार

बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा । झापामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका- ६ निवासी ४५ वर्षीय बन मुर्मु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बाह्रदशी-६ रुपचनबारी स्थितमा प्र १-०१-०१३ प ५७८४ नम्बरको मोटरसाइकलले पैदल यात्री मुर्मुलाई ठक्कर दिँदा घाइते भएका थिए । उनको उपचारको क्रममा बिर्ता सिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल चालक ३४ वर्षीय वसन्त राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०८१ बैशाख २०, बिहीबार प्रकाशित 1 Minute 294 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।