२०८१ जेष्ठ ४ शुक्रबार

गर्मीमा कसरी जोगाउने छाला ?

काठमाडौं । देशभर गर्मी बढेको छ । यो मौसममा हाम्रो छालामा विभिन्न समस्या देखिन्छन्। छालालाई सधैँ एकै खालको मौसम चाहिन्छ।

गर्मी मौसममा धेरै पसिना आउँछ। यसरी पसिना अत्यधिक आउने हुँदा कीटाणुको सङ्क्रमण हुन्छ र रिङ दाग आउँछ। यसका साथै, खैरो दुवी, रौँको जरा पाक्ने, पिलो लगायतका समस्या हुन्छन् ।

बाहिरको मौसम परिवर्तन होस् भन्ने छालाले चाहँदैन । तर जब मौसम परिवर्तन हुन्छ अनि छालको थिंकनेस र हाइड्रेसन लगायत छालाको बाहिरी भागमा विभिन्न खालका असर भइरहेका हुन्छन् । नयाँ आउने मौसम अनुसार छालाले आफूलाई तयार गरिसकेको हुँदैन।

गर्मीमा छाला कसरी जोगाउने ?

नुहाएपछि नरिवलको तेल लगाउने  ।

अनुहार धोएपछि मोस्चराइजर लगाउने ।

बाहिरबाट घर आएपछि फेसवास वा क्लिन्जिङ गर्ने ।

गर्मी मौसममा धेरै तातोपानीले ननुहाउने । मनतातो पानी प्रयोग गर्ने  ।

हावाहुरी चल्ने मौसममा छाला सुक्खा हुन नदिने । छाला जोगाउन शरीर ढाकेर घरबाहिर निस्कने ।

नियमित मोस्चराइजर लगाउने । जेल बेस मोस्चराइजर अर्थात् सन ब्लक प्रयोग गर्ने  ।

छालामा समस्या देखिए छालारोग विशेषज्ञसँग परामर्श लिने ।

सुक्खा छाला छ भने क्रिम बेसमा मोस्चराइजर प्रयोग गर्ने  ।

छालामा समस्या देखिए छाला रोग विशेषज्ञसँग परामर्श लिने  ।

राति सुत्ने वेला मुख धोएर सधैँ मोस्चराइजर लगाउने  ।

पर्याप्त पानी पिउने ।

खानपानमा विशेष ध्यान दिने । मौसमी फलफूल खाने ।

२०८१ बैशाख २०, बिहीबार प्रकाशित 0 Minutes 55 Views

ताजा समाचार