२०८१ जेष्ठ ६ आईतवार

झापा र सुनसरीबाट ब्राउन सुगरसहित ८ जना पक्राउ

झापा र सुनसरीको छुट्टाछुट्टै स्थानबाट लागू औषध ब्राउन सुगरसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो लागु औषध नियन्त्रण इकाई विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले सुनसरी जिल्ला विभिन्न स्थानहरूबाट लागु औषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ ।

लागु औषध सहित पक्राउ परेका इटहरी-९ का २४ वर्षीय आकाश थापा, धनकुटा महालक्ष्मी नगरपालिका-९ का २४ वर्षीय विकास तामाङ, धरान-१४ का ३२ वर्षीय अविजल थापा रहेका छन् । यस्तै,धरान-१५ का २१ वर्षीय मोहन राई, धरान-५ का २२ वर्षीय अनक राई र भोजपुरका २२ वर्षीय बिसन राई समेतलाई १८ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर र २ वटा मोटरसाइकल, १ वटा स्कुटर सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी झापाको अर्जुनधारा नगरपालिका-८ का ३९ वर्षीय सरोज गहदराजलाई १ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर सहित प्रहरी चौकी शनिश्चरेले र मेचीनगर-१५ का २६ वर्षीय पर्वत राजवंशीलाई ३४० मिलिग्राम ब्राउन सुगर सहित प्रहरी चौकी ज्यामिरगढीले पक्राउ गरेको छ । लागु औषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धित थप अनुसन्धान भइरहेको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

२०८१ बैशाख १९, बुधबार प्रकाशित 1 Minute 92 Views

ताजा समाचार