२०८१ जेष्ठ ८ मंगलवार

सुन तोलामै २७ सय घट्यो, यस्तो छ बजार भाउ

काठमाडौँ, वैशाख १९ गते । स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । बुधबार एकैदिन सुनको मूल्य तोलामा २७ सय घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ३४ हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ । अघिल्लो मङ्गलबार दिन सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रुपियाँमा कारोबार भएको थियो ।

यसअघि वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ३९ हजार तीन सय रुपियाँसम्म पुगेको थियो ।

चाँदीको मूल्य पनि बुधबार घटेको छ । अघिल्लो दिन तोलाको एक हजार ६५० रुपियाँ रहेको चाँदी आज एक हजार ६३० रुपियाँ कायम भएको महासंघले जनाएको छ ।

२०८१ बैशाख १९, बुधबार प्रकाशित 0 Minutes 103 Views

ताजा समाचार