२०८१ जेष्ठ ६ आईतवार

बिर्तामोडमा दुईवटा स्कुल बस ठोक्कियो, दुई जना घाइते

झापाको बिर्तामोडमा तीव्र गति कारण दुई वटा स्कुल बस एकआपसमा ठोक्किएको छ । बिर्तामोडको तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कुल र निदी सेकेन्डरी स्कुलको बस ठोक्किएको हो।

मंगलबार साढे ५ बजे बिर्तामोड- ४ आनन्दगञ्जस्थित हर्कलाल मार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको निदी स्कुलको ना ६ ख ९३८० नम्बरको बस र दक्षिणबाट उत्तरतर्फ गइरहेको तक्षशिला स्कुलको मे १ ख १७३७ नम्बरको बस ठोक्किएको हो । दुर्घटनामा मे १ ख १७३७ नम्बरको बसका चालक तनहुँ बन्दीपुर- २ बस्ने ४० वर्षीय तिलक जिसी र सहचालक झापा बाह्रदशी-५ का ५२ वर्षीय रूपनारायण सिग्देल घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएको छ ।

अर्को बसका चालक फरार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । विद्यार्थीहरूलाई घर पुर्‍याएर ती दुवै स्कुल बस फर्किँदै गरेको बताइएको छ ।

२०८१ बैशाख १८, मंगलवार प्रकाशित 1 Minute 185 Views

ताजा समाचार