२०८१ जेष्ठ ४ शुक्रबार

काँकरभिट्टा खानेपानीको २८औँ साधारण सभा सम्पन्न ।

मेचीनगर ।
झापाको मेचीनगर ६ स्थित काँकरभिट्टा खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाको २८औँ वार्षिक साधारण सभाको अवसरमा विभिन्न व्यक्तिहरुलाई समेत संस्थाले सम्मान गरेको छ ।मेचीनगर नगरपालिकाका संस्थापक मेयर रविन कोइराला, पूर्व मेयर बिमल आचार्य तथा संस्थाका कर्मचारी सुस्मिता भट्टराई र लक्ष्मीकान्त माझीलाई पनि सम्मान गरिएको थियो । झापा क्षेत्र नं १का सांसद विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमा विशिष्ठ अतिथि कोशी प्रदेशका सांसद तथा नेपाली काँग्रेस कोशी प्रदेशका प्रमुख सचेतक गोपाल तामाङ्ग रहेका थिए । संस्थाका अध्यक्ष राजकुमार पराजुलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने स्वागत मन्त्व्य संस्थाका उपाध्यक्ष गोविन्द गिरीले गरेका थिए भने संचालन सचिव दिलिपजङ्ग सुब्बाले गरेका थिए ।

२०८१ बैशाख १८, मंगलवार प्रकाशित 0 Minutes 63 Views

ताजा समाचार