२०८३ जेष्ठ २१ बिहीबार

इलाममा सुहाङले बढाए अग्रता, कसको कति ?

प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा इलाम २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन्।

निर्वाचन आयोगका अनुसार, सोमबार बिहान १०ः४५ बजेसम्म २५ हजार ४५१ मत गणना भएको छ। यसमा एमालेका नेम्वाङले १० हजार ४१९ मत पाएका छन्।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले सात हजार ६२ मत पाएका छन्। त्यस्तै, तेस्रो नम्बरमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले पाँच हजार ७५३ मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू भने शुरूआतदेखि नै चौथो नम्बरमा छन्। उनले एक हजार ४५१ मत पाएका छन्।

इलाममा ४० प्रतिशतभन्दा बढी मत गणना भएको छ। यो क्षेत्रमा ६९ हजार २८७ मत खसेका थिए।

२०८१ बैशाख १७, सोमबार प्रकाशित 0 Minutes 333 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।