२०८१ जेष्ठ ३ बिहीबार

इलाममा छोराले गरे सौतेनी आमाको हत्या

इलामको माई नगरपालिका–२ डिपुडाँडामा आइतबार राति छोराले खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या गरेका छन । घरायसी विवाद हुँदा २१ वर्षीय छोरा सन्देश दियालीले वाङफोक (खुकुरी) प्रहार गरी ३१ वर्षीया सौतेनी आमा नेत्रमाया खवास दियालीको हत्या गरेको लोदिया प्रहरी चौकी दानावारिले जनाएको छ ।

घरायसी लेनदेनका विषयमा कुरा नमिल्दा विवाद भई हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । हत्या गर्ने छोरा सन्देश र सौतेनी आमा नेत्रकला घरमा बस्दै आएका थिए । नेत्रकलाका श्रीमान् भने वैदेशिक रोजगारीमा रहेको छन । हत्या गर्ने सन्देशलाई मध्यरात नै प्रहरीले नियन्त्रणमा लिइसकेको छ । हत्याको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०८१ बैशाख १७, सोमबार प्रकाशित 0 Minutes 184 Views

ताजा समाचार