२०८३ जेष्ठ २१ बिहीबार

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङले लिए अग्रता

१६ वैशाख, काठमाडौं । इलाम–२ को उपचुनावको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् ।

फाकफोकथुम गाउँपालिकाको ४ वटा वडाको मतगणना हुँदा नेम्वाङले दुई हजार ५४२ मत पाएका छन् । वडा नं ३ को मतगणना हुँदासम्म पहिलो स्थानमा रहेका कांग्रेस उम्मेदवार डम्बर खड्का ३४५ मतले पछाडि परेका छन् । उनले दुई हजार १९७ मत पाएका छन् ।

त्यस्तै पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ५९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३७९ मत पाएका छन् ।

२०८१ बैशाख १६, आईतवार प्रकाशित 0 Minutes 319 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।