२०८१ बैशाख २६ बुधबार

कोशी, गण्डकी, लुम्बनी र सुदूरपश्चिममा हावाहुरीको सम्भावना

१५ वैशाख, काठमाडौं  । आज कोशी, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी  प्रदेशका केही स्थानमा हुरी बतास चल्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना पनि छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

२०८१ बैशाख १५, शनिबार प्रकाशित 0 Minutes 68 Views

ताजा समाचार