काठमाडौं । स्थानीय बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य तोलामै एक हजार चार सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।

मूल्य बढेसँगै शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार दुई सय रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य एक लाख ३६ हजार पाँच सय ५० रुपैयाँ पुगेको छ ।
यस्तै, शुक्रबार चाँदी प्रतितोला एक हजार छ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा भइरहेको घटबढ र स्थानीय बजारमा माग र आपूर्तिमा भइरहेको उतारचढावले मूल्यमा तलमाथि भइरहेको महासंघले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



