२०८१ बैशाख २५ मंगलवार

फेरि ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य तोलामै एक हजार चार सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।

मूल्य बढेसँगै शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार दुई सय रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य एक लाख ३६ हजार पाँच सय ५० रुपैयाँ पुगेको छ ।

यस्तै, शुक्रबार चाँदी प्रतितोला एक हजार छ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा भइरहेको घटबढ र स्थानीय बजारमा माग र आपूर्तिमा भइरहेको उतारचढावले मूल्यमा तलमाथि भइरहेको महासंघले जनाएको छ ।

२०८१ बैशाख १४, शुक्रबार प्रकाशित 0 Minutes 104 Views

ताजा समाचार