२०८१ बैशाख २५ मंगलवार

झापाको अर्जुनधारामा एउटा घर जल्यो

झापाको अर्जुनधारामा आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ । बिहीबार दिउँसो ४ बजेको समयमा अर्जुनधारा नगरपालिका ८ स्थित पिपल चोक निवासी मजनुर महमदको घर जलेर नष्ट भएको हो । एलवेस्टर फल्स सिलिङको छाना भएको बाँस र टिनको टाटी बेरा भएको भुइँतले घरमा कोही नभएको अवस्थामा पश्चिमपट्टिको कोठामा विद्युत् सर्ट भई आगलागी भएको थियो ।

आगलागीबाट कोठाभित्र रहेको एक तोला सुन, नगद ५ हजार भारतीय रुपैयाँ, लत्ताकपडा, काठ पातसमेत जलेर नष्ट हुँदा अन्दाजी २ लाख १० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयबासीहरुको सहयोगमा साँझ ५ः५० बजे आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

२०८१ बैशाख १४, शुक्रबार प्रकाशित 0 Minutes 79 Views

ताजा समाचार