२०८१ बैशाख २३ आईतवार

अनेम संघ क्रान्तिकारी झापाको पदाधिकारी चयन

बिर्तामोड । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) झापाको पदाधिकारी चयन भएको छ । बिर्तामोडस्थित नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा भएको सदस्यहरुको भेलाबाट पदाधिकारी चयन भएको हो ।

गत चैत्र २८ गते बिर्तामोडमा भएको भेलाबाट २९ जना सदस्यहरु चयन भएको र सो सदस्यहरु मध्येबाट पदाधिकारी चयन भएको निर्वाचन अधिकृत नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य भवानीप्रसाद दंगालले जानकारी दिए । भेलाबाट ९ सदस्यीय पदाधिकारी चयन भएको उनले बताए ।

समितिको अध्यक्षमा तारा श्रेष्ठ, उपाध्यक्षहरु कचाली ताजपुरिया, कल्पना राई र रिता मिश्र चयन भएका छन् । सचिवमा टिका राउत र सहसचिवहरु हिरा राजवंशी, इन्दिरा नेपाल र सुष्मा अधिकारी चयन भएको निर्वाचन अधिकृत दंगालले जानकारी दिए । त्यस्तै, कोषाध्यक्षमा कमला विक चयन भएकी छन् ।

सदस्यहरुमा सुस्मा अधिकारी, कल्पना तामाङ, अम्बिका खतिवडा, रेखाकुमारी यादव, मेनुका राजवंशी, राधिका आचार्य, अम्बिका मैनाली, मुनावती गणेश, भगवती मेचे, लता भट्टराई, रोमा राई नेम्बाङ, अस्मितकला लिम्बू, लीला सुब्बा राजवंशी, उर्मिला सापकोटा, अमृता खाती, अनिसा यादव, कल्पना बस्नेत, अम्बिका तोलांगी राई, लिला प्रसाईं (संग्रौला), शान्ति उपाध्याय र भूमिका कोइराला रहेका छन् ।

३५ सदस्यीय जिल्ला समितिका लागि बाँकी ६ जना मनोनित हुने नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नी) ले जानकारी दिए । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई अनेम संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज निरु खतिवडाले पद तथा गोपनीयताको सपथ खुवाएकी थिइन् ।

२०८१ बैशाख १३, बिहीबार प्रकाशित 0 Minutes 104 Views

ताजा समाचार