२०८१ बैशाख २४ सोमबार

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ३५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि मंगलबार चाँदी तोलाको १६ सय ६० रुपैयाँमा कारोबार कारोबार भएको थियो ।

२०८१ बैशाख १२, बुधबार प्रकाशित 0 Minutes 82 Views

ताजा समाचार