२०८१ बैशाख २४ सोमबार

झापामा दुर्घटना, एउटै मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु

झापा । झापाको शिवसताक्षीमा एउटै मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका- ८ स्थित झिलझिलेमा आज बिहान साढे ५ बजेको समयमा दमकबाट सुरुङ्गातर्फ आउँदै गरेको मे ३ प ५००१ नम्बरको १५० सीसीको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्र १–०१–००१ च ९३२९ नम्बरको बोलेरो गाडी एक आपस ठोक्किँदा दुर्घटना भएको थियो ।

मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको घटनास्थलमै र एक जनालाई बीएण्डसी हस्पिटल बिर्तामोड लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

मृतक तीनै जना युवा हुन । उनीहरूको पहिचान खुलेको छ । उनीहरू त्यहीका स्थानीय हुन सक्छ । उनीहरूको पहिचानका लागि परिवारजन हस्पिटलतर्फ गइरहेको जनाइएको छ ।  यता दुवै सवारीसाधनसहित बोलेरो चालक मेचीनगर नगरपालिका- ६ का ४५ वर्षीय ऋषिराज गिरीलाई इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा लिएको छ ।

२०८१ बैशाख १२, बुधबार प्रकाशित 1 Minute 353 Views

ताजा समाचार