२०८१ बैशाख २४ सोमबार

आज राति कोशी, मधेश र लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले आज राती कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना औँल्याएको छ।

कोशी र गण्डकीको उच्च पहाडी तथा हिमाली भुभागमा भने हल्का हिमपात हुने अनुमान पनि विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

भोलि दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का पानी पर्नसक्ने महाशाखाले जनाएको छ।

२०८१ बैशाख ९, आईतवार प्रकाशित 0 Minutes 72 Views

ताजा समाचार