२०८१ बैशाख २४ सोमबार

बिर्तामोडमा कारको ठक्करबाट एक बालकको मृत्यु

झापाको बिर्तामोडमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । शनिबार राती साढे १० बजेको समयमा बिर्तामोडको मुक्तिचोकमा चारपानेबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र– १-००१-००२ च ०१९० नम्बरको कारले पैदल यात्री मेचीनगर नगरपालिका-१२ निवासी गोपाल रोकाका ११ वर्षीय छोरा सन्तोष रोकालाई ठक्कर दिएको थियो ।

टाउको र दुवै हात खुट्टामा चोट लागेर गम्भीर घाइते भएका बालकको उपचारको क्रममा बीएण्डसी हस्पिटलमा आज बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनापछि कार चालक मेचीनगर नगरपालिका-१ निवासी २६ वर्षीय रोनस परियारलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

२०८१ बैशाख ९, आईतवार प्रकाशित 1 Minute 161 Views

ताजा समाचार