२०८१ बैशाख १९ बुधबार

प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो।

आज तेजाबी सुन भने प्रतितोला एक लाख ३७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २३ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

आज बजारमा चाँदीको मूल्य भने बढेको छ।

महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार सात सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन चाँदी प्रतितोला एक हजार सात सय १५ रूपैयाँमा कारोबार भएको थियो।

२०८१ बैशाख ६, बिहीबार प्रकाशित 0 Minutes 70 Views