नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो।
आज तेजाबी सुन भने प्रतितोला एक लाख ३७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २३ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
आज बजारमा चाँदीको मूल्य भने बढेको छ।
महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार सात सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन चाँदी प्रतितोला एक हजार सात सय १५ रूपैयाँमा कारोबार भएको थियो।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



