२०८१ बैशाख १८ मंगलवार

श्री पञ्चमुखी हनुमान मन्दिरमा भागवत् सप्ताह ज्ञान महायज्ञ सुरु

काँकरभिट्टा । पूर्वको सुन्दर शहर काँकरभिट्टास्थित श्री पञ्चमुखी हनुमान मन्दिरको आयोजनामा बैशाख ५ गतेदेखि आरम्भ भएको श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञको अवसरमा आयोजना गरिएको कलश यात्रा बुधबार सम्पन्न भएको छ ।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीको प्रमुख अथिथ्यता, विशिष्ट अथिति मेचीनगर वडा नं ७ का वडा अध्यक्ष प्रलादमणी ओली, विशिष्ट अथिति इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक मिमबहादुर लामा रहेको थियो भने कार्यक्रमको सञ्चालन मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्ति पौडेलले गरेका थिए । आयोजक समितिका अध्यक्ष आनन्द अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख कथाबाचक पण्डित नेत्रप्रसाद भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । आयोजिक समितिका सदस्य मिरा कार्कीले स्वागत गरेको थिइन् ।

पुराण आयोजक समितिको सह आयोजकका रुपमा मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टा रहेको छ ।

२०८१ बैशाख ५, बुधबार प्रकाशित 0 Minutes 317 Views

ताजा समाचार