२०८१ बैशाख १८ मंगलवार

यो वर्ष दुई रामनवमी : आज सार्वजनिक बिदा, चैतमा छैन

यो वर्ष दुईवटा रामनवमी परेको छ, पहिलो वैशाख ५ गते बुधबार, दोस्रो चैत २४ गते आइतबार । नेपाल सरकारले बैशाखको रामनवमीमा त सार्वजनिक बिदा दिएको छ, चैतकोमा छैन।

नेपाल सरकार गृह मन्त्रालयद्वारा गत माघ २८ गते प्रकाशित  राजपत्रमा वैशाख ५ गतेको रामनवमीमा बिदा उल्लेख छ। चैत २४ गतेकोमा बिदा उल्लेख छैन।राजपत्रमा प्रकाशित सूचीअनुसार यो वर्ष २७ दिन पर्व बिदा दिइएको छ।

यसअघि पुस १२ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा २ दिन थप गर्ने निर्णय गरेको थियो। बैठकले शहीद दिवस र रामनवमीमा बिदा दिने निर्णय गरेको हो। सोहीअनुसार राजपत्र छापिएको हो।

एकै वर्ष किन पर्‍यो दुईवटा रामनवमी ?

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीका अनुसार अघिल्लो वर्ष परेको अधिकमासका कारण चैतेदशैँ र रामनवमी यो वर्षको वैशाखमा परेका हुन्।

उनका अनुसार अधिकमासकै कारण २०८० सालमा चैतेदशैँ र रामनवमी पर्व परेनन्। तिथि वर सर्दै आउँदा अर्को चैतेदशैँ र रामनवमी भने यही वर्ष चैत महिनामै परेका हुन्।

२०८१ बैशाख ५, बुधबार प्रकाशित 0 Minutes 52 Views

ताजा समाचार