२०८३ जेष्ठ २१ बिहीबार

सुनको भाउमा नयाँ रेकर्ड

४ वैशाख, काठमाडौं । सुनको भाउमा मंगलबार फेरि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिनको तुलनामा मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यसअघि गत शुक्रबार सुनको भाउले १ लाख ३९ हजारको उच्चतम मूल्य रेकर्ड बनाएकोमा सो रेकर्ड आज फेरि तोडिएको छ । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७५० कायम भएको छ ।

२०८१ बैशाख ४, मंगलवार प्रकाशित 0 Minutes 401 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।