२०८३ जेष्ठ २१ बिहीबार

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो

३ वैशाख, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाउने निर्णय गरेको हो ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

बढेको मूल्य मंगलबार बिहान १ बजेदेखि लागू हुनेछ ।

मूल्य वृद्धि भएसँगै पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७२ रुपैयाँ ५० पैसाबाट १७५ रुपैयाँ ५० पैसा पुगेको छ ।

यसैगरी दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७४ रुपैयाँ ५० पैसाबाट १७७ रुपैयाँ कायम भएको छ ।

यस्तै तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७५ रुपैयाँबाट १७८ रुपैयाँ पुगेको छ ।

यसैगरी डिजल र मट्टीतेल एक लिटरको मूल्य क्रमशः १५८, १६० र १६१ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

हेर्नुहोस् मूल्यवृद्धि सम्बन्धी सूचना-

२०८१ बैशाख ३, सोमबार प्रकाशित 1 Minute 349 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।