कञ्चनपुर । कञ्चनपुरसँग जोडिएका नेपाल–भारत सीमा नाका बन्द हुने भएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै यही वैशाख ४ देखि ७ गतेसम्म सीमा नाका बन्द हुने जनाएको हो ।
भारतको लोकसभा सामान्य निर्वाचनको सिलसिलामा जनपद चम्पावत अन्तर्गत प्रथम चरणको मतदान ७ गते भएकाले ४ गते बेलुकी ५:१५ बजेदेखि मतदान नसकिँदासम्म कञ्चनपुरसँग जोडिएका गड्डाचौकी र ब्रह्मदेव सीमा नाका बन्द हुने सूचनामा उल्लेख छ ।

तर अत्यावश्यक सेवा भने खुला रहेन कञ्चनपुर प्रशासनले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



