२०८१ बैशाख १८ मंगलवार

गएको ५ वर्षमा यूएईमा १,७६६ नेपालीको मृत्यु

दुबई । सन् २०२३ मा युनाइटेड अरब इमिरेट्स (यूएई) मा १ सय ६५ जना नेपालीको मृत्यु भएको छ। तीमध्ये बिरामी वा हृदयघात (प्राकृतिक) भई मृत्यु हुने ९२ जना र आत्महत्या गर्नेको संख्या ४२ जना रहेको छ। २७ जनाको दुर्घटनामा मृत्यु भएको थियो।

त्यसैगरी यो वर्ष ४ जनाको हत्या भएको छ। सन् २०२२ को यही अवधिमा १ सय ८५ नेपालीको मृत्यु भएको थियो। त्यसैगरी सन् २०२१ मा १३६ जनाको मृत्यु भएको थियो।

मृत्यु हुनेमा कति महिला र कति पुरुष खुलेको छैन। गत ५ वर्षको अवधिमा १७ सय ६६ नेपालीको मृत्यु भएको छ। जसमध्ये सन् २०२० र २०२१ मा गरेर ५० जना नेपालीको मृत्यु कोभिडको कारण भएको थियो।

त्यसैगरी यूएईको जेलमा रहने नेपालीहरूको संख्या १ सय ७६ रहेको छ। दूतावास स्रोतका अनुसार अधिकांश नेपालीहरू लागुऔषध र मदिरासम्बन्धी अभियोगमा यूएईको जेलमा छन्। आजको अन्नपूर्ण पोष्टमा खबर छ

२०८१ बैशाख ३, सोमबार प्रकाशित 0 Minutes 83 Views

ताजा समाचार