२०८१ बैशाख १३ बिहीबार

डेरी एशोसिएसनद्वारा खाद्यान्न तथा न्यानो कपडा वितरण

मेचीनगर । नेपाल डेरि एशोसिएसनको २४ औँ स्थापना दिवसका अवसरमा एक कार्यक्रमका बीच जागृत बाल उद्धार केन्द्रमा खाद्यान्न तथा न्यानो कपडा वितरण गरिएको छ ।

मेचीनगर-७ स्थित जागृत बाल उद्धार केन्द्रमा रहेका बालबालिकाहरुलाई एशोसिएसनले खाद्यान्न र न्यानो कपडा वितरण गरेको हो । नेपाल डेरी एशोसिएसन १ नं प्रदेश समिति र झापा जिल्ला समितिको संयुक्त आयोजनामा संस्थामा रहेका बालबालिकाहरुलाई न्यानो कपडा र खाद्यान्न वितरण गरिएको नेपाल डेरी एशोसिएसन केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष राजन चिमरियाले बताए ।

नेपाल डेरी एशोसिएसन १ नं प्रदेश समितिका अध्यक्ष गंगा खड्काको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष चिमरिया थिए । कार्यक्रमको सञ्चालन नेपाल डेरी एशोसिएसन झापाका अध्यक्ष भरत ओलीले गरेका थिए भने कार्यक्रममा स्थानीय समाजसेवी पुष्प पौडेल र भवनाथ दाहाललगायतको उपस्थिति रहेको थिए ।

२०७९ माघ ७, शनिबार प्रकाशित 1 Minute 246 Views

ताजा समाचार