२०८३ जेष्ठ २९ शुक्रबार

चतराको महाकुम्भ मेलामा चार भक्तालु बेहोस भएर ढले

सुनसरीको बराहक्षेत्रमा लागेको महाकुम्भ मेलामा चारजना भक्तालु बेहोस भएर ढलेका छन् । बराहक्षेत्र नगरपालिका- १ स्थित पिण्डेश्वर पूर्ण महाकुम्भ मेला परिसरमा अत्यधिक गर्मीका कारण बेहोस भएका ४ जनाको सशस्त्र प्रहरीले तत्कालै उद्धार गरी अस्पताल पठाएको छ । सशस्त्र प्रहरी निरीक्षक टेकबहादुर कट्वालको टोलीले उद्दार गरी महाकुम्भ स्थलमा रहेको एपीएफ स्वास्थ्य शिबिरमा प्राथमिक उपचार गराएको जनाइएको छ ।

गत चैत २७ बाट शुरु भई बैशाख २८ गतेसम्म १ महिनासम्म संचालन हुने महाकुम्भ मेलामा सशस्त्र प्रहरी बल नेपालले निःशुल्क स्वास्थ्य शिबिरसहित बिपद उद्धार टिम परिचालन गरेको छ । सशस्त्रको चिकित्सकसहितको हेल्थ क्याम्प महिनाभरिको लागि चतरामा खटिएको हो । त्यस्तै सशस्त्र प्रहरीले गोताखोरसहितको रेस्क्यु टिम चतरा र बराहक्षेत्रमा खटाएको छ ।र्याफ्टिङ वोटबाट सप्तकोशीमा रिभर पट्रोल गरिरहेको छ।

२०८१ बैशाख ३, सोमबार प्रकाशित 1 Minute 271 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।