२०८१ बैशाख १८ मंगलवार

इलामको पाथिभरा मन्दिरमा भण्डारा लगाइने

इलामको कोल्बुङस्थित प्रसिद्ध सानो पाथीभरा मन्दिरमा चैते दसैँको अवसर पारेर सोमबार भण्डारा लाग्ने भएको छ । पाथीभरा मन्दिरमा झापाका व्यवसायीहरूबाट भण्डारा हुने भएको हो । झापाका व्यवसायीहरूको समूह पाथीभरा भण्डारा समिति बिर्तामोडले भण्डारामा भक्तजनहरूलाई प्रसाद वितरण गर्ने कार्यक्रम छ । पाथीभरामा यो १८ औ भण्डारा हो ।

हरेक वर्ष असोज शुक्ल पक्ष र चैत्र शुक्ल पक्षमा भण्डारा आयोजना हुँदै आएकोमा यस वर्ष चैत्र शुक्ल पक्षको सप्तमी (फूलपाती)–का दिन सोमबार मन्दिर परिसरमा भण्डारा गरिने आयोजक समितिका सदस्य सन्तोष अग्रवालले बताए । ८ वर्षअघिबाट लगातार सञ्चालन हुँदै आएको यो कार्यक्रम कोरोनाका कारण केही वर्ष बृहत् रुपमा हुन सकेको थिएन । अब भने भण्डारालाई निरन्तरता दिइने अग्रवालले बताएका छन् ।

पाथीभरा भण्डारा समूहले पाथीभरा मन्दिर भएको अग्लो डाँडामा स्वस्थ खानेपानीको व्यवस्था मिलाएको जनाइएको छ । कुटीडाँडास्थित मार्से खोला मुहानबाट विद्युतीय मोटरको सहायतामा मन्दिर क्षेत्रमा पानी पुर्‍याइएको थियो । त्यसक्रममा पाथीभरा भण्डारा समूहले उल्लेख्य सहयोग गरेको पाथीभरा समितिका सचिव एगा अर्यालले बताए ।

मन्दिरको थप जिर्णेदार गर्नुपर्ने आवश्यकता रहेकाले सबै सँग राय सुझाव सल्लाह र सहयोग माग गर्ने की भन्ने विषयमा पाथीभरा समितिको बैठकमा छलफल हुँदै गरेको पनि सचिव अर्यालले बताए । यसैबीच मन्दिर परिसरको केही क्षेत्रमा टायल लगाउने तथा रङ रोगनमा थप सहयोग गर्ने भण्डरा समितिका सदस्य अग्रवालले जानकारी गराएका छन् ।

२०८१ बैशाख २, आईतवार प्रकाशित 0 Minutes 122 Views

ताजा समाचार