२०८३ जेष्ठ २९ शुक्रबार

झापाको हल्दीबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष गिरी प्रहरी नियन्त्रणमा

झापा- झापाको हल्दीबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय, अनारमनीले गिरीलाई शनिबार साँझ नियन्त्रणमा लिएको हो। उनीविरुद्ध जातीय भेदभाव तथा अपमानसम्बन्धी व्यवहार कसुरमा जोहेरी दर्ता भएको थियो।

जिल्ला समन्वय समिति, झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध इप्रका अनारमनीमा चैत २८ गते जाहेरी दिएका थिए।

सोही जोहरीका आधारमा प्रहरीले गिरीलाई बिर्तामोडबाट नियन्त्रणमा लिइएको झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

पूर्वउपाध्यक्ष गिरीले जिसस झापाका पूर्व प्रमुख पोर्तेललाई टेलिफोन संवादमार्फत जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ आकर्षण हुने गरी अभिव्यक्ति दिएका थिए।

चैत १८ गते हल्दीबारीमा पार्टीको बैठक सकेर फर्किएका पोर्तेललाई गिरीले फोनबाट गालीगलौच गर्दै जातीय विभेद, अपमान हुने गरी अभिव्यक्ति दिएका थिए। देशसञ्चार

२०८१ बैशाख २, आईतवार प्रकाशित 1 Minute 366 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।