झापा । झापाको बिर्तामोड नगरपालिका– ४ स्थित अदुवा पुल नजिकै एक महिला मृत फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत भेटिएकी महिला अन्दाजी ३५ वर्षकी सुनिता राजवंशी रहेको र उनी कवाडीको सामान उठाउने काम गर्दै आइरहेको जनाइएको छ ।
मृत भेटिएकी महिला अदुवा पुल उत्तरको एक घरमा बस्दै आएको जानकारी प्रहरीलाई प्राप्त भएको छ । शनिवार राती ९ बजेको समयमा उनको शव भेटिएको र हाल पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लैजाने तयारी भइरहेको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



