२०८१ बैशाख १८ मंगलवार

नव वर्ष २०८१ सालको उपलक्ष्यमा शुभकामना आदान–प्रदान तथा सम्मान

काँकरभिट्टा । महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषले नव वर्ष २०८१ सालको अवसरमा शुभकामनासँगै पूर्व अध्यक्ष र संस्थापकहरूलाई सम्मान गरेको छ ।

कोषले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका निवर्तमान सांसद एवं पूर्वी मेची संघ प्रालिका संरक्षक श्रीप्रसाद मैनालीले यातायात क्षेत्रलाई मर्यादित र प्रविधि मैत्री बनाउनुको बिकल्प नरहेको बताए ।

मैनालीले भने- आफू के गर्न सकिन्छ त्यसैलाई निरन्तरता दिने अरूले के गर्दैछ, त्यो चासोमा नलाग्नसमेत आग्रह गरेका थिए ।

शुभकामना आदान- प्रदान कार्यक्रममा पूर्वी मेची बस प्रालिका निवर्तमान अध्यक्ष विष्णुकुमार श्रेष्ठ, कोषका पूर्व अध्यक्षहरू कृष्ण साही, राजकुमार श्रेष्ठ, राजकुमार सुवेदी धन प्रसाद गुरूङलगायतले बोलेका थिए ।

कोषका अध्यक्ष मोहन रिजालको सभापतित्व र सञ्चालन सचिव दुर्गा खड्काले गरेको थिए ।

२०८१ बैशाख १, शनिबार प्रकाशित 1 Minute 92 Views

ताजा समाचार