२०८१ बैशाख २२ शनिबार

काँकरभिट्टाको एक इतिहास ढल्यो, रहनुभएन बुद्धिनाथ सर

काँकरभिट्टा, २८ चैत । विभिन्न सामाजिक संघ/संस्थामा आवद्ध भई समाज रुपान्तरणमा महत्वपुर्ण योगदान पुर्याउनु हुने समाजसेवी बुद्धिनाथ पौडेलको बुधबार (आज) ७६ वर्षको उमेरमा निधन भएको छ ।

वि.सं. २००४ साउन २८ गते जन्मनु भएको उहाँ मेचीनगर-६ काँकरभिट्टा निवासी हुनुहुन्थ्यो । गए राति २ बजे उहाँको निधन भएको थियो ।

काँकरभिट्टाका संस्थापकको रुपमा सम्मानित उहाँले काँकरभिट्टा मावि, काँकरभिट्टा क्याम्पस, मेची बस व्यवसायी संघ, काँकरभिट्टा वाणिज्य संघ, काँकरभिट्टा खानेपानी उपभोक्ता समिति, मेची सामुदायिक सेवा केन्द्र लगायतका दर्जनौं संस्था स्थापना गर्दै त्यसको लामो समय कुशलतापूर्वक नेतृत्व समेत गर्नु भएको थियो ।

अहिले निजी निवासमै उहाँको पार्थिव शरीर राखिएको छ । उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्ने राजनीतिक दलका नेता, जनप्रतिनिधि, सामाजिक अगुवा लगायत आउने क्रम जारी रहेको छ ।

उहाँको श्रीमती शोभाकुमारी पौडेल, छोरा ३ जना कृष्ण, कमल र मनोज पौडेल छन् भने छोरीहरु २ जना विष्णु र रञ्जना हुनुहुन्छ ।

आजै दिउँसो २ बजे मेची घाटमा उहाँको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

काँकरभिट्टाका समाजसेवी पौडेलप्रति जनसंसद् डटकम परिवारले भावपूणर् श्रद्धाञ्जलि अपणर् गरेको छ ।

२०८० चैत्र २८, बुधबार प्रकाशित 1 Minute 156 Views

ताजा समाचार