२०८३ जेष्ठ २१ बिहीबार

आजदेखि वासन्ती नवरात्र, फेरियो संवत्सर

चान्द्रमानको पात्रोअनुसार मंगलबार नयाँ संवत्सर (वर्ष) लागेको छ।  ‘पिंगल’ परिवर्तन भई कालयुक्त नामको संवत्सर  लागेको हो। यससँगै शालिवाहन शाके संवत् १९४६ लागेको छ।

ज्योतिषीय मान्यताअनुसार शाकेको नयाँ वर्ष शुरु हुने बारको ग्रह राजा र विक्रम संवत् लाग्ने बारको ग्रह आगामी वर्षको मन्त्री हुन्छन्। यो पटक शाकेको नयाँ वर्ष मंगलबार शुरु भएको र विक्रम संवतको नयाँ वर्ष शनिवार शुरु हुने कारण २०८१ सालको राजा ग्रह मंगल हो भने मन्त्री शनि हो।

राजा मन्त्री ग्रहहरूको प्रकृति र सम्बन्धका आधारमा ज्योतिषीहरूले वर्षको शुभाशुभ फलादेश गर्छन्। संवत्सर परिवर्तन हुने दिन बिहान विशेष मन्त्र पढी निमको पात खाने विधान पञ्चांगमा उल्लेख छ। निमका पात खानाले वर्षभरि आरोग्य प्राप्त हुने विश्वास गरिन्छ। आयुर्वेदिक दृष्टिले पनि उष्ण समयमा लाग्ने विभिन्न किसिमका रोग निमले निर्मूल गर्छ।

मंगलबार वासन्तीय नवरात्र पनि शुरु हुँदैछ। आश्विन शुक्लपक्षमा पर्ने नवरात्रलाई शारदीय (नवरात्र) अर्थात् बडादशैँ भनिन्छ। शक्तिको उपासना गर्नेहरूले महत्त्व दिए पनि वासन्ती नवरात्रलाई सर्वसाधारणले त्यति महत्त्व दिएको पाइँदैन। यो अवधिमा पर्ने चैत्र शुक्ल अष्टमी (चैतेदशैँ) र नवमी (रामनवमी) भने विशेष रूपमा मनाउने परम्परा छ

२०८० चैत्र २७, मंगलवार प्रकाशित 0 Minutes 353 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।