२०८१ बैशाख २२ शनिबार

बिर्तामोडमा मोटरसाइकल चोर्दाचोर्दै भद्रपुरका गुरुङ पक्राउ

झापा ।  झापाको बिर्तामोडमा चोरीको मोटरसाइकलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका- ९ निवासी १९ वर्षीय हरि गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिर्तामोड नगरपालिका-८ स्थित डाँडागाँउबाट गुरुङलाई सोमबार दिउँसो २ बजे पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मे १० प ३२०७ नम्बरको होण्डा साइन कम्पनीको मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा गुरुङ पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ । सो मोटरसाइकल बिर्तामोड-४ निवासी रविन शिवाकोटीको रहेको खुलेको छ । टाइम्स अफ प्रदेश

२०८० चैत्र २६, सोमबार प्रकाशित 1 Minute 133 Views

ताजा समाचार